३० आश्विन २०८३, शुक्रबार

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नयाँ भवन पानीपोखरीमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नयाँ केन्द्रीय कार्यालय भवन सञ्चालनमा आएको छ । कम्पनीको संस्थागत सुदृढिकरण, सेवा विस्तार र प्रविधिमैत्री पूर्वाधार विकासको लक्ष्यलाई मुर्तरुप दिने उदेश्यसहित निर्माण गरिएको अत्याधुनिक भवनको बिहीबार उद्घाटन गरिएको हो ।

कम्पनीका अध्यक्ष हेमराज ढकाल, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा यस कम्पनीका संस्थापक शेयरधनी चन्द्रप्रसाद ढकाल तथा नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष, कम्पनीका सञ्चालक समितिका पदाधिकारीद्धारा संयुक्त रुपमा रिबन काटेर भवनको उद्घाटन गरिएको थियो ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३, पानीपोखरीस्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटमा २ तल्ला पार्किङ्गसहित १२ तल्लाको भव्य भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष ढकालले भवनले कम्पनीको आगामी रणनीतिक लक्ष्य, दिगो विकासको प्रतिवद्धता, ग्राहक केन्द्रीत सेवामा थप ऊर्जा प्रदान गर्ने, विश्वसनीयता, पारदर्शिता र नवप्रवर्द्धनमा आइजीआई पु्रडेन्सियलले सधैं अग्रसर रहने बताए । ढकालले नवनिर्मित भवन आधुनिक डिजाइन, सुविधा सम्पन्न कार्यक्षेत्र, डिजिटल सेवा प्रणाली तथा सेवाग्राहीमैत्री वातावरण सहित तयार गरिएको र यसमार्फत कम्पनीले छिटो, प्रभावकारी र विश्वसनीय बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको जानकारी दिए ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले स्थापना कालदेखि नै ग्राहकहरुको भरोसा, नवीन सेवा र सुदृढ व्यवस्थापनमार्फत नेपाली बीमा बजारमा आफ्नो विशिष्ट पहिचान बनाउँदै आएको छ । नयाँ भवनको शुभारम्भसँगै कम्पनीले आगामी दिनमा अभै व्यापक जिम्मेवारी, पारदर्शिता तथा प्रविधिमा आधारित सेवा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।