तेह्रथुम । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तेह्रथुम जिल्लाको चुनावी मैदान रोचक बन्दै गएको छ । नेकपा एमालेले केन्द्रीय सचिव भानुभक्त ढकाललाई चुनावी मैदानमा उतारेको छ ।
उनी चुनावी अभियानकै क्रममा जिल्लाको विभिन्न ठाउँमा पुगेका छन् । उनी पुगेको ठाउँहरुमा जनताको उत्साहपुर्ण सहभागिता देखिन थालेको छ । देश निर्माणमा एमाले र जिल्लाको विकासमा आफ्नो महत्वपुर्ण भुमिका रहने उनले बताउदै आएका छन् ।
चुनावको मिति नजिकिदै गर्दा जनताको राम्रो साथ पाएको र आफुले जित्ने उनले बताए । यो पटकको निर्वातनमा जनताले देश बनाउने र जलाउनेलाई चिन्ने उनको भनाइ छ ।








प्रतिक्रिया