काठमाडौं । टी–२० विश्वकपको सुपर ८ को पहिलो खेलमा इंग्ल्याण्डले श्रीलंकालाई ५१ रनले हराएको छ ।
पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलिएको खेलमा इंग्ल्याण्डले श्रीलंकालाई जितका लागि केवल १४७ रनको लक्ष्य दिएको थियो तर श्रीलंकाली टोली ९५ रनमा अलआउट भयो ।
यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो । ओपनर फिल साल्टले ४० बलमा ४ चौका र २ छक्कासहित ६२ रनको पारी खेले । विल ज्याक्सले २१ रनको योगदान दिए पनि बाँकी ब्याट्सम्यानहरू २० रनको आँकडा पार गर्न असफल भए ।
जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाको सुरुवात खराब रह्यो । श्रीलंका १६.४ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा अलआउट भयो । कप्तान दासुन शनाकाले सर्वाधिक ३० रन बनाए ।
इंग्ल्याण्डका लागि विल ज्याक्सले तीन विकेट लिए भने जोफ्रा आर्चर, आदिल रशिद र लियाम डसनले दुई/दुई विकेट लिए ।













प्रतिक्रिया