२९ आश्विन २०८३, बिहिबार

एसएलसीमा आधा फेल, ग्रेस थप्दा पनि ४४ प्रतिशतमात्र उत्तीर्ण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Slc-Panika
काठमाडौं, ३१ जेठ । एसएलसी– २०७० को नतिजा शुक्रबार अपराह्न सार्वजनिक गरिएको छ। एसएलसी नतिजाअनुसार यस वर्ष ४३.९२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले २०७० चैत ६ बाट सञ्चालन गरेको एसएलसी ९प्रवेशिका० परीक्षामा नियमिततर्फ ३ लाख ९४ हजार ९ सय ३३ ले परीक्षा दिएकामा १ लाख ७३ हजार ४ सय ३६ उत्तीर्ण छन्।

परीक्षानियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार चार वर्षदेखि लगातार घट्दो नतिजा यस वर्ष केही सुधारिएको छ। अघिल्लो वर्ष ४१.५७ प्रतिशत उत्तीर्ण भएकामा यस वर्ष २.३५ प्रतिशत थपिएको छ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष दुई विषयमा ५ नम्बर ग्रेस नम्बर दिइएको छ।

‘ग्रेस नम्बरबाट १५ हजार ७४ विद्यार्थी थप उत्तीर्ण भए,’ नियन्त्रक द्वारेले भने, ‘सरकारी विद्यालयका धेरै विद्यार्थी अनुत्तीर्ण छन्।’ धेरैजसोलाई विज्ञान, गणित र अंग्रेजीमा असफलता मिलेको द्वारेले जानकारी दिए।

उत्तीर्णमध्ये नियमिततर्फ छात्र ४९.४३ र छात्रा ३८.२७ प्रतिशत छन्। सबैभन्दा बढी प्रथम श्रेणीमा ८३ हजार ६ सय ३७ विद्यार्थी उत्तीर्ण छन्। विशिष्ट श्रेणीमा १८ हजार १ सय १० र द्वितीय श्रेणीमा ६७ हजार ९ सय ४२ ले ‘सुनौलो ढोका’ बाट प्रवेश पाएका छन्। तृतीय श्रेणीमा भने अति न्यून ३ हजार ७ सय ४७ मात्र उत्तीर्ण छन्।
एक्जाम्टेडतर्फ १ लाख ३३ हजार ६ सय २६ विद्यार्थी सहभागी भएकामा १४ हजार ५ सय (१ ९१०.९२ प्रतिशत) मात्र उत्तीर्ण भए। विद्यार्थी पास भएका हुन्। नियमित र एक्जाम्टेड गरी यस वर्ष ५ लाख ४८ हजार २ सय ४८ ले परीक्षा दिएका थिए। नागरिक दैनिकबाट