१४ असार २०८३, आइतबार

देश संकटमा छ, त्यसैले ‘सूर्य’को आवश्यकता छ : लेखराज भट्ट

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली । नेकपा (एमाले)का उपमहासचिव तथा कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका उम्मेदवार लेखराज भट्टले देश संकटमा रहेको बताएका छन् । मतदातासँगको भेटघाटमा उनले अहिले देश र सुदूरपश्चिमको आवश्यकता ‘सूर्य’ भएको बताएका हुन् ।

उपमहासचिव भट्टले सुदूरपश्चिमबाट राष्ट्रिय राजनीतिमा आफूले नेतृत्व गरिरहेकाले यहाँका जनताले जिताउनुपर्ने बताए ।

उनले भने, ‘सुदूरपश्चिमबाट राष्ट्रिय राजनीतिको नेतृत्व मैले गरिरहेको छु । कैलाली–४ ले सुदूरपश्चिमका ९ जिल्लाको नेतृत्व गरिरहेको छ । यो कुरालाई हामीले बिर्सनु हुँदैन ।’

उपमहासचिव भट्टले आफू निर्वाचित भएमा कैलाली–४ को मात्रै नभई सुदूरपश्चिमको समेत विकासको ढोका खुल्ने बताए । उनले यसका लागि सबै एक ठाउँमा आएर सूर्यमा मतदान गर्नुपर्ने बताए ।

यस्तै, उपमहासचिव भट्टले आफूले यसै क्षेत्रमा जीवन बिताएको भन्दै यहाँका सबै समस्या बुझेको पनि बताए । उनले भने, ‘मैले यही जीवन बिताएको हुँ । सुदूरपश्चिमलाई समृद्धि बनाउन जोस, जाँगर छ, सुन्दर सुदूरपश्चिम बनाउने इच्छा छ । यहाँका सबै समस्या मैले बुझेको छु ।’

उपमहासचिव भट्टले कैलाली–४ को विकासका लागि आफूले सधैं प्रयत्न गरेको र त्यो जारी रहेको पनि बताए । उनले यस क्षेत्रलाई सुन्तला जोन बनाउने बताए ।