
काठमाडौं । केही दिनयता नायिका नम्रता श्रेष्ठ र सञ्चारमन्त्री मिनेन्द्र रिजालको सम्बन्ध र राष्ट्रिय अवार्डका बारेमा सामाजिक सञ्जालमा खुबै प्रचार भयो ।
यति सम्मकी ‘सञ्चारमन्त्रीको यौन प्रस्ताव नमान्दा नम्रताको अवार्ड खोसियो’ भन्ने खबर केही ब्लग र अनलाईनको हेडलाइन बन्यो । जसका कारण मन्त्री रिजाल र नायिका नम्रता तनावमा परे । चलचित्र विकास बोर्डले एक साता अगाडि वितरण गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’कै प्रसङ्गमा नायिका नम्रता र मन्त्री रिजाल मन्त्री रिजाल करिब १ हप्तादेखि तनाबमा परेका हुन् ।
तर, त्यस्तो प्रचार बढ्न थालेपछि नायिका नम्रता श्रेष्ठ बुधबार मुख खोलेकी छिन् त्यो पनि समाजिक सञ्जाल फेसबुकमार्फत । उनले आफ्नो आधिकारिक पेजमा भनेकी छिन्–‘मेरो करियरमा दाँग लाग्ने गरी नाम जोडेर बदनाम गर्न खोजियो ।’
केही ब्लगहरूमा ट्याबलोइड शैलीका हेडलाइन्स राखेर आएका मनलाग्दी समाचारप्रति भने ध्यानाकर्षण भएको उनले बताएकी छिन् ।
नम्रताले लेखेकी छिन्–‘म कलाकार भएकोमा गर्व गर्छु । तर, यस्ता किसिमका समाचारले मेरो व्यवसाय र यो क्षेत्रप्रति नै दाँग लगाउने गरी प्रश्न उठ्छ ?’ नम्रताले पुरस्कार नपाएपछि विभिन्न ब्लगमा र अनलाइनमा मन्त्रीसँग नाम जोडेर खबर सार्वजनिक भएका थिए ।















प्रतिक्रिया