३० आश्विन २०८३, शुक्रबार

एमालेको झण्डा जलाउनेलाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)निकट नेसनल भोलिन्टयर फोर्सले पार्टीको झण्डा जलाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्तालाई करबाही नभए प्रतिवादमा उत्रिने चेतावनी दिएको छ । फोर्सले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारलाई यस्तो चेतावनी दिएको हो ।

‘हिजो साँझ दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्वारा आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पार्टी झण्डा जलाइएको तथा पार्टी नेतृत्वमाथि अनावश्यक लाञ्छना लगाइएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको घटनाप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राज्यले यो घटनालाई नजरअन्दाज गर्छ, र अपराधिक मानसिकता बोकेको जत्थालाई तत्काल कारबाहीको दायरामा ल्याएन भने नेसनल भोलिन्टयर फोर्स यस्ता कार्यका विरुद्ध सशक्त रूपमा उभिनेछ । हामी राष्ट्रिय स्वाभिमान, विधिको शासन र राजनीतिक मर्यादाको रक्षाका खातिर अराजकविरुद्ध सशक्त प्रतिवादमा उत्रने चेतावनी दिन चाहन्छौँ ।’

शुक्रबार आयोजना हुने चुनावीसभाका लागि आउँदै गरेका पार्टी सभापति रवि लामिछानेको पर्खाइमा रहेका रास्वपाका कार्यकर्ताले बिहीबार साँझ दाङमा एमालेको चुनाव चिह्न (सूर्य) जलाएका थिए ।

उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै झण्डा जलाएका थिए । जसको चौतर्फी विरोध भइरहेको छ । एमाले महासचिव शंकर पोखरेलले पनि यस कार्यप्रति आपत्ति जनाएका छन् ।