३० आश्विन २०८३, शुक्रबार

प्रजातन्त्र दिवसमा अध्यक्ष ओलीको सन्देश– राष्ट्रिय स्वाधीनता, संविधान र पुनर्निर्माण हाम्रो साझा दायित्व

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र जनताको साहस, त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।

बिहीबार प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष ओलीले जनताको साहस, त्याग र बलिदानले जहानियाँ राणा शासनको अन्त्य गर्दै स्वतन्त्रता र अधिकारको बिहानी उदाएको दिनका रूपमा प्रजातन्त्र दिवसलाई स्मरण गर्दै प्रजातन्त्रका लागि जीवन अर्पण गर्ने अमर शहीदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली तथा सम्मान व्यक्त गरे ।

अध्यक्ष ओलीले प्रजातन्त्र दिवसले तीन महत्वपूर्ण जिम्मेवारी स्मरण गराउने उल्लेख गरे । उनका अनुसार पहिलो जिम्मेवारी राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै राष्ट्रको गरिमा जोगाउनु हो । दोस्रो, संविधानको संरक्षण गर्दै जनताका लोकतान्त्रिक अधिकार र मूल्यलाई जीवन्त राख्नु हो । तेस्रो, आम विध्वंसबाट क्षतविक्षत भएका राष्ट्रका धरोहर, समृद्ध मानवीय संस्कृति, उद्योग र पूर्वाधारको पुनर्निर्माण गर्दै नागरिकको सुरक्षा सुनिश्चित गर्नु हो ।

‘आजको ऐतिहासिक दिनबाट प्रेरणा लिँदै हामी सबै जागरूकता पूर्वक अघि बढ्न सकौँ । प्रजातन्त्र दिवसको हार्दिक शुभकामना ।’ अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन् ।