२९ आश्विन २०८३, बिहिबार

तक्मा बनाउन गृहलाई पैसा अपुग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

HomeMinistryकाठमाडौं, ३१ जेठ । गणतन्त्र दिवसका दिन राष्ट्रलाई महत्वपूर्ण योगदान गरेका विभिन्न व्यक्तिलाई मानपदवी, अलंकार र पदक प्रदान गर्ने घोषणा भएको छ ।

ती विभूषणका तक्मा बनाउन ६ करोड रुपियाँ लाग्नेछ । तर, तक्मा बनाउन आफूसँग तीन करोड रुपियाँ मात्र रहेको गृह मन्त्रालयले जनाएको छ ।

गत वर्ष विभूषण बनाउन झन्डै चार करोड लागेको थियो । यस वर्ष ठूलो संख्यामा मानपदवी र अलंकार वितरण गरिएकाले रकम बढी लाग्ने भएको हो ।

गत वर्ष दुई सय १५ जनालाई वितरण गरिएकोमा यसपटक मानपदवी, अलंकार र पदक गरी तीन सय जनालाई दिने घोषणा गरिएको थियो ।

गृह मन्त्रालय आर्थिक प्रशासन शाखाका अनुसार मानपदवी, तक्मा बनाउन अपुग हुने तीन करोड अर्थ मन्त्रालयसँग मागिनेछ । अपुग रकमको विवरण तयार भइरहेको गृहमन्त्रालयले जनाएको छ । विभूषण तथा पदक बनाउने जिम्मेवारी गृह मन्त्रालयकै हो ।

विभूषण बनाउने काम भने अघि बढेको छैन् । गृह मन्त्रालयले ललितपुरको पाटनस्थित घरेलु तथा साना उद्योग कार्यालयअन्तर्गतको औद्योगिक क्षेत्र तथा टक्सार विभागलाई संयुक्त रुपमा विभूषण तथा पदक बनाउन दिने तयारी थालेको छ । नयाँ पत्रिका दैनिकबाट