२८ आश्विन २०८३, बुधबार

स्कटल्यान्डविरुद्ध ब्याटिङमा नेपालको उत्कृष्ट सुरुआत

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ मा नेपालले स्कटल्यान्डविरुद्धको पावर प्ले (पहिलो ६ ओभर) मा उत्कृष्ट सुरुआत गरेको छ ।

मंगलबार भारतको मुम्बईस्थित वान्खेडे क्रिकेट रंगशालामा स्कटल्यान्डले प्रस्तुत गरेको १७१ रनको लक्ष्य पछ्याएको नेपालले स्कटल्यान्डविरुद्ध सुरुआती ६ ओभरमा बिना कुनै विकेट गुमाएर ५६ रन जोडेको छ ।

हाल क्रिजमा रहेका ओपनर कुशल भुर्तेलले ३१ रन बनाएका छन् । आशिफ शेख २३ रनमा खेलिरहेका छन् ।

त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको स्कटल्यान्डले नेपालविरुद्ध निर्धारित २० ओेभरमा सात विकेट गुमाएर १७० रनको योगफल खडा गरेको थियो ।

समूह ‘सी’ मा रहेका यी दुवै टोली खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा छन् ।

एक खेल अगाडी नै सुपर–८ बाट बाहिरिएको नेपाल भने अंकविहीन बन्दै तालिको पुछारमा छ । नेपालले यसअघि इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग खेल्दा क्रमशः चार रन, १० विकेट र नौ विकेटले पराजित भएको थियो ।

तीन खेल खेल्दा दुई हार र एक जित निकालेको स्कटल्यान्ड भने दु्रई अंकका साथ तेस्रो स्थनमा छ । स्कटल्यान्डले यसअघि इटालीलाई ७३ रनले पराजित गर्दा वेस्ट इन्डिजसँग ३५ रन र इंग्ल्यान्डसाग पाँच विकेटले हारेको थियो । स्कटल्यान्ड पनि समूह चरणबाटै बाहिरिएको छ ।