दुबई । करिब ८ बर्षदेखि दुबई सहरमा बस्दै आएकी गायिका रेखा घिमिरे को ‘यो मन मा तिमी’ बोलको गीतको भिडियो आउने भएको छ । उनको आगामी एल्बम ‘रेखा’मा रहने यो गीत अहेलेका निकै चर्चित तथा कर्णप्रिय शब्द कोर्ने गीतकार गोबिन्द प्रसाद उपाध्यायले लेखेका हुन ।
यो मन मा तिमी बोलको गीतको संगीत गायिका घिमिरे स्वयमले गरेकी छन् । गीतमा उनलाई साथ दिएका छन गायक मिंग्मा शेर्पाले । सिमोन राईले निर्देशन गरेको उक्त भिडियोमा बिमल पछाई र स्वस्तिमा खड्गा मोडेल का रुपमा देखा पर्दैछन ।
यसअघि गायिकाले खुशी एल्बम निकालेकी थिइन् । जुन एल्बमको केही गीतका भिडियो दुबई मै छायांकन भएका थिए । बैशाख मा आएको महाभूकम्पको बारेमा उनले निकालेको गीतको भिडियोले धेरैको मन छोएको थियो । गायिका घिमिरे अन्तरराष्ट्रिय कलाकार मंच युएई की उपाध्यक्ष समेत रहेकी छिन ।
दुबईमा हुने हरेक सांस्कृतिक कार्येक्रममा उनको दमदार प्रस्तुति रहने गरेको छ । प्रवासमा भएर नी नेपाली संगीतमा देखाएको उनको लगाब प्रशंसनिय नै छ । गीतकार उपाध्यायको पहिलो एल्बम सत्यता निकै चर्चित भयो भने उनको दोस्रो अल्बम सत्यता–२ पनि यो बर्ष चर्चाको शिखरमा नै छ ।
हालै घोषणा गरिएको म्यूजिक खबर म्यूजिक अवार्ड-२०१५ (म्यूजिकखबर म्यूजिक अवार्ड २०७२) मा पनि सत्यता–२ र गीतकार उपाध्यायका गीत नै धेरै बिधामा मनोनयनमा परेका छन । ‘गायिका घिमिरे र मेरो मेहनत लाई श्रोता र दर्शकले अवश्य मन पराउने गीतकार उपाध्यायको विश्वास छ ।


















प्रतिक्रिया