काठमाडौं । जारी टी–२० विश्वकपमा इङ्ल्यान्डले स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ ।
शनिबार कोलकाताको इडेन गार्डेनमा स्कटल्यान्डले दिएको १५३ रनको लक्ष्य इङ्ल्यान्डले १८.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्ड १९.४ ओभरमा १५२ रनमा अलआउट भएको थियो ।
जारी विश्वकपमा तीन खेलमा इङ्ल्यान्डको यो दोस्रो जित हो । यसअघि, फेब्रुअरी ८ मा इङ्ल्यान्डले रोमाञ्चक खेलमा नेपाललाई ४ रनले पराजित गरेको थियो । इङ्ग्ल्याण्ड अंक तालिकाको दोस्रो स्थानमा छ ।
स्कटल्यान्डको यो दोस्रो हार हो । यसअघि स्कटल्यान्डले वेस्ट इन्डिजसँग हार बेहोरेको थियो ।















प्रतिक्रिया