काठमाडौं । जारी आईसीसी टी–२० विश्वकपमा आयरल्याण्डले ओमानलाई ९६ रनले पराजित गर्दै प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गरेको छ ।
शनिबार श्रीलंकाको कोलम्बोस्थित सिंहलीज स्पोर्ट्स क्लबमा खेलिएको खेलमा ओमानले टस जितेर पहिले बलिङ गरेको थियो । आयरल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर २३५ रन बनायो । यो यस विश्वकपमा अहिलेसम्मकै उच्च स्कोर हो ।
जवाफी ब्याटिङमा उत्रिएको ओमान १८ ओभरमा १३९ रनमा अलआउट भयो ।















प्रतिक्रिया