काठमाडौं । टी–२० विश्वकप अन्तर्गत समूह चरणको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले क्यानडालाई पराजित गरेको छ ।
यूएईले क्यानडालाई ५ विकेटले हराएको हो । क्यनडाले दिएको १५१ रनको लक्ष्य यूएईले १९.४ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।
त्यसअघि दिल्लीस्थित अरुण जेटली स्टेडियममा टस जितेर ब्याटिङ थालेको क्यानडाले २० ओभरमा ७ विकेटको क्षतिमा १५० रन बनाएको थियो ।
क्यानडा यसअघिको खेलमा दक्षिण अफ्रिकासँग ५७ रनले पराजित भएको थियो भने यूएई न्यूजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो ।















प्रतिक्रिया