२९ आश्विन २०८३, बिहिबार

श्रीमतीको डरले यहाँका पुरुष लगाउन थाले फलामको अण्डरवेयर !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sex_belt

एजेन्सी । केन्यामा पुरुष आफ्नी पत्नीसँग यति डराउँछन् कि उनीहरु धातुबाट बनेको ‘अण्डरवेयर’ लगाएर घुम्छन् ।

यतिमात्रै होइन् धातुका यी अण्डरवेयरलाई विशेष तरिकाबाट डिजाइन गरिएको छ, र यिनीहरुमा ताला लगाउने व्यवस्था पनि छ । केन्याका पुरुषहरुले प्रयोग गर्ने यो ‘सुरक्षा कवच’ विश्वभरीमै गुप्ताङ्ग छोप्न सुरक्षित मानिन्छ ।

यद्यपी केन्यामा यस्ता कैयौं पुरुष छन् जसलाई रक्सीको लत छ । तर, यहाँ बेचिने सस्तो मदिराले नशासँगै पुरुषलाई नपुंसकता समेत बनाउने गर्छ । त्यो क्रममा उनीहरुले आफ्नी श्रीमतीको रिस झेल्नुपर्ने हुन्छ । यस्ता कैयौं घटना सार्वजनिक भएका छन् जहाँ पत्निहरुले आफ्ना पतिसँग यौन सम्बम्ध बनाउनमा असक्षम पाउँदा हिंसात्मक कदम उठाएका छन् ।

People are reflected in the window of a men's clothing shop next to a mannequin wearing a chastity belt with an iron padlock on sale for 20 USD on June 17, 2015 in Nairobi. The chastity belt was designed to help men to protect themselves from  being sexually harassed by their wives, after a woman was charged in court for chopping off her husbands private part because of a quarrel about the disappearance of around 51 USD. A men's lobby group wants women who chop off man's genitals to be sentenced to life imprisonment or to the death penalty. AFP PHOTO / SIMON MAINA        (Photo credit should read SIMON MAINA/AFP/Getty Images)

केही घटना यस्ता पनि छन् जसमा महिलाहरुले यस्ता पुरुषको गुप्ताङ्गमा चोट पु¥याएका छन् । अर्थात यौन सम्पर्क पूरा गर्न नसक्दा लिङ्ग नै भाँचिदिने गरेका छन् । एक महिलाले त पुरुषको गुप्ताङ्ग काटेको आरोपमा मुद्दा झेलिरहेकी छिन्, जसका लागि पुरुष आजीवन कारावासको माग गरिरहेका छन् । यही कारणले यहाँका पुरुष अब यस्तो अण्डरवेयर प्रयोग गर्छन् ।

पहिला सस्तो रक्सीको नशा, नपुसंकता झेलिरहेका केन्याका महिलाहरु अब पुरुषहरुको यो सुरक्षा कवचबाट झन पीडित भएका छन् । पीडित यसकारण छन कि उनीहरुले इच्छाअनुसार शारीरिक सम्पर्क राख्न पाएनन् ।

पुरुषले सुरक्षा कवच लाउन थालेपछि यहाँका महिलाहरुले नयाँ माग अघि सारेका छन् । उनीहरुले प्रशासनसँग मांगेका छन् कि पुरुषलाई नपुंसग बनाउने घरेलु मदिरा बेच्ने व्यापारीलाई कडा कारवाही होस् । महिलाहरुले यो पनि भनेका छन् कि यी सुरक्षा कवचका कारण उनीहरुको यौन अधिकार हनन भएको छ ।