२९ आश्विन २०८३, बिहिबार

टी–२० विश्वकपमा आज तीन खेल

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जारी आइसीसी टी–२० विश्वकपअन्तर्गत आज तीन खेल हुँदैछ ।

आज पहिलो खेल समूह ‘सी’अन्तर्गत इटाली र स्कटल्याण्डबीच हुँदैछ । कोलकोताको इडेन गार्डेनमा हुने यो खेल बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । इटालीको यस विश्वकपमा यो पहिलो खेल हो भने स्कटल्याण्डले पहिलो खेलमा वेस्ट इन्डिजसँग हार बेहोरेको थियो ।

त्यस्तै, आज दोस्रो खेल समूह ‘बी’अन्तर्गत ओमान र जिम्बाबेबीच हुँदैछ । श्रीलंकाको कोलम्बोमा हुने यो खेल दिउँसो ३ः१५ बजेदेखि सुरु हुनेछ । यस विश्वकपमा दुवैको यो पहिलो खेल हो ।

त्यसैगरी, आज तेस्रो खेल समूह ‘डी’अन्तर्गत क्यानडा र दक्षिण अफ्रीकाबीच हुँदैछ । भारतको अहमदावादमा हुने यो खेल साँझ ७ः१५ बजेदेखि सुरु हुनेछ । यस विश्वकपमा दुवैको यो पहिलो खेल हो ।