३० आश्विन २०८३, शुक्रबार

बालेन साहको घरमा चोरी गर्ने तीनजना पक्राउ

मनिष जेनजी आन्दोलनमा नख्खु कारागारबाट भएका थिए फरार

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहको काठमाडौं महानगर–४ स्थित घरमा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मनिष राजवाहक, खिमबहादुर खड्का र सञ्जय श्रेष्ठ रहेका छन्।

प्रहरीका अनुसार मनिष राजवाहक नख्खु कारागारबाट भदौ २४ गते फरार भएका व्यक्ति हुन् र उनले बालेनको घरसहित विभिन्न पाँच स्थानमा चोरी गरिसकेको स्वीकार गरेका छन्। चोरी भएका केही ल्यापटप लगायतका सामान उनीबाट बरामद गरिएको छ।

खिमबहादुरले चोरीका सामान किनबेचमा सहयोग गरेको आरोप छ भने सञ्जयले चोरीका ल्यापटप सस्तो मूल्यमा लिएको खुलेको प्रहरीले जनाएको छ।

प्रकरणबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।