२९ आश्विन २०८३, बिहिबार

कांग्रेसको मधेश सभा फागुन ६ गते, गगनले सम्बोधन गर्ने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर । नेपाली कांग्रेसको मधेश सभा फागुन ६ गते हुने भएको छ । यसअघि उक्त सभा ७ गते हुने भनिएकोमा १ दिन पहिला सारिएको हो ।

शनिबार बसेको मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले फागुन ६ गते जनकपुरधाममा मधेश सभाको आयोजना गर्ने निर्णय गरेको हो । बैठकले फागुन ६ गते जनकपुरधामस्थित तिरहुतीया गाछीमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले सभाको प्रचारप्रसारको जिम्मेवारी नितेशकुमार गुप्तालाई तथा मञ्च व्यवस्थापनको जिम्मेवारी योगेन्द्र पञ्जियारलाई प्रदान गर्ने निर्णय गरेको छ । बैठकमा सभाको तयारी, व्यवस्थापन तथा सङ्गठनात्मक विषयमा व्यापक छलफल गर्दै सभालाई प्रभावकारी र सफल बनाउन प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रबाट सहभागीहरू बोलाउने निर्णय गरिएको छ ।

सभामा कांग्रेसका सभापति गगनकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने केन्द्रका पदाधिकारीहरूको समेत उपस्थिति रहने कांग्रेस मधेश प्रदेश प्रचारप्रसार विभाग प्रमुख गुप्ताले जानकारी दिए ।