२९ आश्विन २०८३, बिहिबार

सुनील थापाको निधनमा भावुक भइन् प्रियंका चोपडा, सम्झिइन् कठिन समय

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चर्चित अभिनेत्री प्रियंका चोपडासँग ‘मेरी कोम’ र अभिनेता मनोज बाजपेयीसँग ‘द फेमिली म्यान ३’ लगायत बलिउड सिनेमामा काम गरेका नेपाली चलचित्र क्षेत्रका वरिष्ठ अभिनेता सुनील थापाको निधन भएको छ ।

थापाको निधनले बलिउडमा पनि शोकको लहर छाएको छ । धेरै बलिउड कलाकारहरुले पोस्ट सेयर गर्दै उनलाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

अभिनेत्री प्रियंका चोपडा पनि थापाको निधनले निकै स्तब्ध भइन् । चोपडाले इन्स्टाग्राममा उनलाई श्रद्धाञ्जली अर्पण गर्दै र आफ्नो कठिन समयको सम्झना गर्दै एक पोस्ट सेयर गरेकी छिन् ।

थापाले फिल्म ‘मेरी कोम’मा चोपडाको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । चोपडाले ‘मेरी कोम’को भिडियो सेयर गरेकी छिन् ।

भिडियो सेयर गर्दै चोपडाले क्याप्सनमा लेखिन्– तपाईं सधैं मेरो प्रशिक्षक हुनुहुनेछ, सर । मैले मेरो बुबा गुमाएको बेला तपाईंले मलाई साथ दिनुभयो । तपाईंले मलाई माया गर्नुभयो र धेरै कठिन दिनहरूमा मलाई थाहा नदिई सहयोग गर्नुभयो । तपाईंको मायालु अँगालो र तपाईंको हाँसो सधैं मेरो सम्झनामा कोरिनेछ । धेरै कम उमेरमा बित्यो, तर कहिल्यै बिर्सने छैन । मेरो टुटेको हृदयमा तपाईंको दयाको लागि धन्यवाद । सुनील थापा, तपाईंको आत्माले शान्ति पाओस् । मेरो समवेदना र प्रार्थना परिवारसँग छ ।

अभिनेता बाजपेयीले पनि थापाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । थापाले ‘द फेमिली म्यान ३’मा नागाल्याण्ड एमसीए प्रमुख डेभिडको भूमिका निर्वाह गरेका थिए ।

थापाको हृदयघातका कारण शनिबार बिहान निधन भएको थियो ।