२९ आश्विन २०८३, बिहिबार

टी–२० विश्वकप : भारतले अमेरिकालाई हरायो

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतले टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा अमेरिकालाई २९ रनले पराजित गरेको छ ।

अमेरिकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

शनिबार राति मुम्बईस्थित वानखेडे रंगशालामा खेलिएको खेलमा भारतले २० ओभरमा नौ विकेट गुमाएर १६१ रन बनाएको थियो । जवाफमा अमेरिकी टोलीले निर्धारित ओभरमा आठ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो ।अमेरिकाका लागि सञ्जय कृष्णामुर्थीले सर्वाधिक ३७ र मिलिंद कुमारले ३४ रन बनाएका थिए । शुभम रन्जानेले अविजित ३७ रन बनाएका थिए ।

त्यस्तै, भारतीय बलर मोहमद सिराजले तीन विकेट विकेट लिए भने अर्शदीप सिंह र अक्सर पटेलले २/२ विकेट लिए । वरुण चक्रवर्तीले एक विकेट लिएका थिए ।

यसअघि भारतले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १६१ रन बनाएको थियो । भारतका लागि कप्तान सूर्यकुमार यादवले अविजित ८४ रन बनाए भने तिलक बर्माले २५ र इशान किशनले २०, अक्सर पटेलले १४ रन बनाएका थिए ।

यस्तै, अमेरिकाका बलर शाडली भ्यान शाल्कविकले ४ विकेट लिए भने हरमित सिंहले २ विकेट लिएका थिए । अली खान र मोहमद मोहसिनले एकएक विकेट लिएका थिए ।