३० आश्विन २०८३, शुक्रबार

सिंहदरबारमा आगजनी गर्ने गौतम पक्राउ

5.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिंहदरबार आगजनी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिंहदरबारमा आगजनी गरेर फर्किएको भन्दै सामाजिक सञ्जालमा भिडिओ शेयर गरेका चितवनका महेन्द्र गौतमलाई प्रहरीले पक्राउ गरेको हो ।

गौतम चितवन खैरहनी नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–२९ अनामनगरका बस्दै आएका छन् ।

उनीमाथि आपराधिक उपद्रव कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको छ ।