५ कार्तिक २०८३, बिहिबार

तीन निर्वाचन परिचालन सम्पर्क कार्यालय उद्घाटनसँगै कपिलवस्तुमा एमालेको चुनावी कमाण्ड झनै मजबुत

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु । विकास, स्थायित्व र सुशासनको स्पष्ट एजेन्डासहित नेकपा एमाले कपिलवस्तुमा सशक्त ढंगले चुनावी मैदानमा उत्रिएको छ ।

कपिलवस्तु क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बिरेन्द्र कनोडियाले तीनवटा निर्वाचन परिचालन सम्पर्क कार्यालय उद्घाटन गरेसँगै जिल्लामा एमालेको चुनावी अभियानले नयाँ गति लिएको हो ।

शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकामा एकैसाथ सञ्चालनमा आएका निर्वाचन परिचालन सम्पर्क कार्यालयलाई एमालेले चुनावी अभियानको केन्द्रिय ‘कमाण्ड सेन्टर’का रूपमा उपयोग गर्ने जनाएको छ ।

ती कार्यालयमार्फत संगठन सुदृढीकरण, मतदाता भेटघाट, घरदैलो अभियान तथा पार्टीका नीति, योजना र विकासका एजेन्डा जनताको घर–घरमा पु¥याइने रणनीति तय गरिएको छ ।

निर्वाचन परिचालन कमिटीका कमाण्डर नेत्रराज अधिकारीले कपिलवस्तु क्षेत्र नम्बर ३ मा एमालेको जित सुनिश्चित भइसकेको दाबी गरे । उनले एमालेसँग स्पष्ट नीति, अनुभवी नेतृत्व र जनताको बलियो विश्वास रहेको उल्लेख गर्दै बाँकी चुनावी अभियान अझ योजनाबद्ध, अनुशासित र प्रभावकारी ढंगले अघि बढाइने बताए ।

अधिकारीले एमाले नेतृत्वको सरकारले अघि सारेका विकास योजनाहरू जनताले प्रत्यक्ष रूपमा अनुभूति गरिसकेको उल्लेख गर्दै अधुरा योजनालाई पूर्णता दिन र नयाँ विकासको गति दिन फेरि एमालेको सरकार आवश्यक रहेको धारणा व्यक्त गरे ।

उम्मेदवार बिरेन्द्र कनोडियाले जनताको आवश्यकता र चाहनालाई केन्द्रमा राखेर शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, कृषि र रोजगारीलाई प्राथमिकतामा राखी काम गर्ने प्रतिबद्धता जनाए । उनले कपिलवस्तु क्षेत्र नम्बर ३ लाई विकास र समृद्धिको नमुना क्षेत्र बनाउने लक्ष्यसहित आफू चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे ।

तीनवटा निर्वाचन परिचालन सम्पर्क कार्यालय सञ्चालनमा आएसँगै कपिलवस्तु क्षेत्र नम्बर ३ मा एमालेको राजनीतिक गतिविधि थप सशक्त बन्दै गएको छ । आगामी दिनमा पार्टीले घरदैलो अभियान, आमसभा, भेटघाट कार्यक्रम तथा व्यापक जनसम्पर्कलाई अझ तीव्र बनाउने जनाएको छ ।