एजेन्सी । अभिभावक भनेको शब्द मै वर्णन गर्दा गुरु हुन् भन्ने बुझिन्छ अर्थात सत्य बाटो देखाउने मार्गदर्शक पनि हुन् ।
तर, यहाँ एक अभिभावकले आफ्नै सन्तानलाई सत्य बाटोमा मार्गदर्शन गर्नुको सट्टा उल्टै गलत कार्यमा साथ दिएका छन् । राजस्थानका एक युवकको यस्तो हर्कतमा उनकी आमाले पनि साथ दिएकी हुन् । प्रहरीका अनुसार बाबु कामका लागि बाहिर देश गएका बेला छोराले यस्तो गलत काम सुरु गरेका थिए ।
राजस्थानको अजमेरबाट ती आमाछोरालाई पुलिसले सोमबार रंगेहात गिरफ्तार गरेको छ । दुबै मिलेर चोरी गरिरहेको अवस्थामा गिरफ्तार गरेर प्रहरीले आमाछोराबाट २२ मोबाइल र ३४ वटा खाली पर्स बरामद समेत गरेको छ । पुलिसका अनुसार मानिसको भीड लागेको मौकामा यी आमा र छोरा मिलेर मोबाइल फोन र पर्स चोरी गर्थे । चोरी गर्न छोराले गरेको प्रस्ताव आमाले स्वीकारेपछि दुबै चोर बनेका हुन् ।
भारतीय सञ्चारमाध्यमको खबर अनुसार राजस्थानको दरगाहमा एक व्यक्तिले पुलिसमा मोबाइल फोन चोरी भएको भन्दै उजुरी दर्ता गरेका थिए । उजुरी र पीडित व्यक्तिले बताएको हुलियाअनुसार पुलिसले आमा र छोरालाई खोज्न सुरु गरेको थियो । त्यसपछि पुलिसले पश्चिम बंगाल निवासी आमा मरजीना र छोरा मोहम्मद मुश्ताकलाई गिरफ्तार गरेको हो । उनीहरुबाट पुलिसले २२ मोबाइल र ३४ खाली पर्स भेट्टायो । त्यहाँ चोरी हुन थालेपछि प्रहरीमा उजुरी बढ्न थालेको थियो । पुलिस अहिले आरोपी आमाछोरालाई हिरासतमा राखेर सोधपुछ गरिरहेको छ ।













प्रतिक्रिया