२९ आश्विन २०८३, बिहिबार

‘अब हास्छ अमेरिका–२’ लिएर अमेरिका आइपुगे ५ हास्यकलाकार

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डालस, टेक्सस अमेरिका । नेपालका चर्चित हास्यकलाकारहरुको टोली अमेरिकामा रहेका नेपालीहरुलाई हसाँउन अमेरिका आइपुगेको छ । फेम नेपालको आयोजनामा हुने ‘अब हास्छ अमेरिका भाग–२’ लिएर ५ जना हास्य कलाकारहरु अमेरिका आइपुगेका हुन् ।

हाल कमेडी क्लब वीथ च्याम्पियन हास्य टिभि शोमा सक्रिय कलाकारहरु भरतमणि पौडेल, सुमन कोइराला, सुमन कार्की, मेक्सम गौडेल र कैशाल कार्की अमेरिका आएका हुन् । उनीहरुको टोलीले अमेरिकाको विभिन्न राज्यका विभिन्न शहरहरुमा आफ्नो प्रस्तुतिमार्फत नेपालीहरुलाई हसाउने फेम नेपालका सञ्चालक विमल पछाईले जानकारी दिए ।

सनराईज इन्टरटेइमेन्टसँगको सहकार्यमा अमेरिका टुर अघि बढाइएको जानकारी दिँदै पछाईले विभिन्न शहरहरुमा स्थानीय आयोजकलाई समावेश गरेर कार्यक्रम गर्ने बताए ।

फ्रेबुअरिको पहिलो साताबाट सुरु हुने कार्यक्रम अमेरिकाका १४ बढी ठाँउमा हुने जनाइएको छ । कतिपय कार्यक्रमको मिति तय भइसकेको र कतिपय तय गर्ने क्रममा रहेकाले थप कार्यक्रम कुन शहरमा कहिले हुँदैछ भन्ने सन्दर्भमा जानकारी गराउँदै जाने पछाईले सुनाए ।

अमेरिकाको व्यस्त जीवनमा रहेका नेपालीहरुलाई हसाँउनका लागि कोशेली लिएर टोली आएको फेम नेपालले शुक्रबार गरेको पत्रकार सम्मेलनमा कलाकारहरुले बताए ।