१० कार्तिक २०८३, मंगलबार

तीन प्रदेशका हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा साधारणतया बादल लागेको र एकदुई स्थानमा हल्का हिमपातरवर्षा भइरहेको छ साथै कोशी र मधेश प्रदेशमा आंशिक बादल लागेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । देशका हिमाली भू‍–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू‍–भागका एकदुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, आज राति तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । देशका हिमाली भू‍–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू‍–भागका एकदुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।