३० आश्विन २०८३, शुक्रबार

एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनआईसी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू प्रदान गर्ने क्रममा १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा सुन तथा सुनका गरगहना धितो राखेर प्रवाह गरिने आकर्षक गोल्ड लोन कर्जा योजना सार्वजनिक गरेको छ । समय अनुसारको आवश्यकता र मागहरूलाई सम्बोधन गर्दै बैंकले ग्राहकहरूमाझ प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक गरेको हो ।

बैंकका अनुसार यस योजनाअन्तर्गत ग्राहकहरुले ५० लाख रुपैयाँसम्मको कर्जा रकम प्राप्त गर्न सक्नेछन् । औषत आधार दरमा १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधासहितको प्रतिस्पर्धी ब्याजदरमा सुनको बार तथा सुनका गरगहना धितो राखेर बजार मूल्यको अधिकतम ७० प्रतिशतदेखि ८० प्रतिशतसम्मको कर्जा प्राप्त गर्न सक्नेछन् । साथै, यस कर्जा योजनाअन्तर्गत गरगहना खरिद गर्नका लागि पनि कर्जा प्राप्त गर्न सकिने सुविधा बैंकले उपलब्ध गराएको छ ।

बैंकका अनुसार ग्राहकहरुले यस योजनाअन्तर्गतको कर्जा तोकिएका विभिन्न शाखाहरुबाट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूलाई सहज रुपमा कर्जा प्रदान गर्ने र कर्जासम्बन्धी सल्लाह, सुझाव तथा गुनासो एवं जिज्ञासा लगायतको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप बैंकले ‘कर्जा सहायता केन्द्र’को समेत स्थापना गरेको जानकारी बैंकले गराएको छ ।