थाइल्यान्ड । गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डमा खगेन्द्रराज ढकाल पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् ।
एनआरएनए थाइल्याण्डको सनिबार ( अगष्ट १) मा सम्पन्न पाँचौं राष्ट्रिय अधिवेशनले राष्ट्रिय समन्वय समितिका लागि अध्यक्ष ढकालसहित महासचिव रवि महर्जन, सचिव कित्तिफुम राई, सहायक सचिव विथचाई पोर्सी, कोषाध्यक्ष कान्छा गुरुङ (गाबो), युवा प्रतिनिधि दिपेश श्रेष्ठ, महिला प्रतिनिधि मलिका जोशी र अन्तराष्ट्रिय समन्वय समिति प्रतिनिधि मनोज राणा सर्वसम्मत निर्वाचित भएका हुन्।
उपाध्यक्ष पदका लागि भने चुनाब भएको थियो जसमा भविन्द्र बस्नेत, असाजिता अवाले, महेन्द्र श्रेष्ठ, शंकर अधिकारी, साकोयड रामा गरि पांच जना बिजयी भएका छन्।
त्यस्तै गरि अन्तराष्ट्रिय समन्वय समितिका प्रतिनिधिमा पुन मनोज राना नै सर्बसम्मत भएका छन्। कार्यकारी सदस्यहरुका हकमा भने संगीता राई लिम्बु, सुन्दर आत्रेय, यमी कर्माचार्य गरि तीन जना सर्वसम्मत निर्वाचित भएका छन् ।
यस अगाडी नै सम्पन्न भएका क्षेत्रीय समितिहरुको तर्फबाट राष्ट्रिय समन्वय समितिका लागि गणेश खनाल, प्रेम दनाई र पुजा सिङ निर्बाचित भैसकेका थिए। उत्तरी प्रदेशको हकमा भने पछि मनोनित गर्ने गरि १ पद रिक्त राखिएको छ।
अध्यक्ष ढकालले समुदायको सेवा गर्ने कार्य चुनौती पूर्ण रहे पनि यो मानब कल्याण को कुरा भएकोले आफुले निसर्त र निस्वार्थ सेवा गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो।
ढकालले एनआरएनए थाईल्याण्ड सस्थागत विकास , नेपाली संस्कृति र पर्यटन को प्रबर्धन र थाईल्याण्ड नेपाली समुदाय को हित र बिकाशका कार्यहरुलाई आफुले प्राथमिकतामा राखेको बताउनु भयो।
थाइल्याण्डका गैरआवासीय नेपालीमाझ लोकप्रिय रहेका ढकाल प्राध्यापक हुन । यस अघि उनि किङ्ग मोङ्ग्कुट युनिभर्सिटी मा सहायक डीन भैसकेका छन् ।
उनले सबै वर्ग र तप्कालाई मिलाएर एनआरएनए थाईल्याण्ड लाइ एक छाता संस्था को रुपमा अगाडी बधुना आफु सदै सक्रिय र प्रतिबद्द रहने जनाउनु भयो ।
ढकाले आफुलाई बिगत २ बर्समा सहयोग गर्ने एनआरएनए थाइल्याण्ड का सम्पूर्ण पदथिकारी , सल्लाहकार , संरक्षक र सहयोगी व्यक्ति एबम संस्थाहरु प्रति आभार ब्यक्त गर्दै भबिस्यमा पनि सहयोग को निरन्तरताको लागि अनुरोध गरे ।
शनिबार सम्पन्न भएको राष्ट्रिय अधिबेसनको उद्घाटन थाईल्याण्डका लागि नेपाली राजदुत खग नाथ अधिकारी ले गर्नुभएको थियो ।
मन्तब्य दिदै राजदुत अधिकारीले नेपाल सरकारको एक महत्वो पूर्ण उद्देस्यमा एनआरएन पर्ने भएकोले आफुले एनआरएनए थाईल्याण्डलाइ सदैब सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो । उहाले थाइलेडंका विभिन्न प्रान्तहरुमा शाखा विस्तार गर्नपनि सल्लाह दिनु भयो।
एनआरएनए थाईल्याण्डले दुइ वर्षमा गरेको कार्यहरुको प्रसंसा गर्दै भुकम्प पिडिको लागि गरेको सहयोगको उच्च कोटीको रहेको बताउनु भयो।
नेपाल एम्बेसी लाइ प्रमुख संरक्षक को रुपमा राख्ने एनआरएनए थाईल्याण्ड को परम्पराको स्वागत गर्दै आफुले त्यसको भूमिका निर्बाह गर्ने पनि जनाउनु भयो ।
तेस्तै गरि थाईल्याण्डमा राजकीय सम्मान पाएका भिक्षु डा अनिल मान शाक्यले बिशेष अतिथिको रुपमा बोल्दै एनआरएनए थाईल्याण्डले थाईल्याण्डमा नेपालीको राम्रो पहिचान कायम राख्न पहल गर्ने सुझाब दिनु भएको थियो ।
एक व्यक्तिका खराब आचरणले सिंगो देशको पहिचानलाइ असर पुर्याउने भएकोले संस्थामा जिम्मेवारी लिने व्यक्तिले आफ्नो आचरणमा ख्याल राख्नु पर्नेमा उहाले जोड दिनु भयो ।
कार्यक्रममा थाई नेपाल चेम्बर्सको उपाध्यक्ष एबम एनआरएनए थाईल्याण्डका संरक्षक रमेश हमाल र संरक्षक डेविड खनाल , किरात चुम्लुंगको अध्यक्ष एबम एनआरएनए थाईल्याण्डका सल्लाहकार भारती लिम्बुनी , एनआरएनए थाईल्याण्ड का अन्तराष्ट्रिय समन्वय समिति, सदस्य मनोज राना , अन्तराष्ट्रिय समन्वय समिति का निर्वाचन पर्यबेक्षक सुबिन राइ, थाई नेपाली संघ एबम का एनआरएनए थाईल्याण्ड उपाध्यक्ष कुमार कार्की ले एनआरएनए थाईल्याण्ड ले बिगत दुइ बर्समा गरेका कामहरुको प्रसंसा गर्दै नया नेत्रित्वोले त्यसलाई निरन्तरता दिन आग्रह गर्नु भएको थियो।
महाधिबेसनको पहिलो सत्रमा साधारण सभा सम्पन्न भएको थियो जसले २०१३–२०१५ को क्षेत्रीय संयोजक गणेश खनाल द्वारा प्रस्तुत प्रगति विवरण , कोषाध्यक्ष गोपाल लामा द्वारा प्रस्तुत आर्थिक प्रतिबेदन, सल्लाहकार मदन बन्धु रेग्मी द्वारा प्रस्तुत बिधान र अध्यक्ष खगेन्द्र राज ढकाल द्वारा प्रस्तुत अध्यक्षको प्रतिबेदन पास गरेको थियो।
साधारण सभा पश्चात पुरानो समितिलाई बिगठन गरी डा राम सर्मा तिवारी, बेनी माधब लेखक र संजिव काफ्ले गरि तीन सदस्यीय रहेको निर्बाचन आयोगले चुनाब सम्पन्न गरेको थियो ।
निर्वाचित पधाधिकारीहरुलाई अन्तराष्ट्रिय समन्वय समिति का निर्वाचन पर्यबेक्षक सुबिन राइले सपथ खुवाउनु भएको थियो भने नेपाली दुताबासका नियोग उप प्रमुख जंग बाहादुर गुरुङ ले प्रमाण पत्र वितरण गर्नु भएको थियो भने संरक्षक रमेश हमाल र डेविड खनाल ले टिका प्रदान गर्नु भएको थियो ।
नेपाली दुताबास, नेपाल एअरलाइन्स, थाई नेपाली संघ र विभिन्न अन्तराष्ट्रिय संघ संस्थामा कार्यरत नेपालीहरुले निर्वाचित सबैलाई बधाई तथा सुभकामना प्रदान गर्नु भएको थियो ।
सहभागी हरुले एनआरएनए थाईल्याण्ड को इतिहास मै यो पहिलो ठुलो र प्रक्रिया पुर्याएर गरिएको महाधिबेशन भनेर टिप्पणी गरेका थिए।
महाधिबेशनको लगत्तै अगष्ट २ बाट पुनः सदस्यता विस्तार सुरु हुने बताउदै अध्यक्ष ढकालले सम्पूर्णलाइ सदस्यता को विस्तारमा सक्रिय हुनका लागि आबेदन गर्न आह्वान गर्नुभएको थियो। सोहि क्रममा नेपाली समुदाय को हितमा काम गर्ने व्यक्ति र संस्थाहरुलाई कदर पत्र प्रदान गरी सम्मान गरेको थियो।
सम्मान हुनेमा थाई नेपाली संघ, नेपाली दुताबाश , नेपाली समाज , थाई नेपाल फाउन्डेसन (फुकेट), लिटल हेल्प नेपाल , नेपाल ऐरलाइन्स, हिमालय रेजिडेन्स , हातेमालो समूह , एनआरएन ए थाईल्याण्ड राहत संकलन समिति , एनआरएनए थाईल्याण्ड सामुइ साखा, एनआरएनए थाईल्याण्ड सामुइ फुकेट साखा रहेका थिए।
त्यस्तै गरि उत्क्रिस्ठ एनआरएन को रुपमा सोम्चाई क्षत्री (कुमार कार्की), सुबिन राइ, आसाजिता अवाले र दिपेश श्रेष्ठ सम्मानित भएका थिए ।
नेपाली मुलका बच्चा हरुलाई नेपाली भासा प्रसिक्षण मा पुर्याएको योगदानलाइ मुल्यान्ग्कन गर्दै दिपक पराजुलीलाई पनि कदर पत्र वितरण गरिएको थियो ।
त्यस्तै गरी, थाई नेपाली संघले मेलम्ची को मान्झी गाउँमा भुकम्प पिडितहरुको लागि एक नमुना गाउँ बनाइदिने संचालित अभियानमा एउटा घर बनाउन पुग्ने नेपाली ५० हजार रुपया बराबर को चेक अध्यक्ष ढकालले थाई नेपाली संघ लाइ हस्तान्तरण गरेको थियो ।
महाधिबेसनको अन्त्यमा एक रात्री भोज र संस्कृतिक कार्यक्रमको पनि योजना गरिएको थियो। निर्बाचित टीमको तर्फबाट अध्यक्ष ढकालले महाधिबेसंमा सहभागी ६० बर्सभंदा माथिका एनआरएन हरुलाई अभिनन्दन गर्नु भएको थियो।















प्रतिक्रिया