२९ आश्विन २०८३, बिहिबार

आइसिसी एसिया क्षेत्रीय सम्मेलन नेपालमा हुने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् एसिया ( आइसिसी एसिया) २०२६ क्षेत्रीय सम्मेलन काठमाडौंमा आयोजना गर्ने भएको छ ।

सम्मेलन चैत ३ र ४ गते ( सन् २०२६ अप्रिल १६ र १७) हुने क्यानका प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्मेलनमा आइसिसी एसियाका सदस्य राष्ट्रहरूका प्रमुख सरोकारवाला, प्रशासक तथा प्रतिनिधिको सहभागिता रहनेछ ।

सम्मेलनमा एसियाली क्रिकेटको रणनीतिक प्राथमिकता, विकास कार्यक्रम, सुशासनसम्बन्धी विषय तथा भविष्यको दिशा बारे छलफल हुने बताइएको छ ।

आइसिसी एसिया क्षेत्रीय सम्मेलनको आयोजना गर्नु एसियामा क्रिकेट विकासमा नेपालको बढ्दो भूमिका र योगदानको महत्वपूर्ण संकेत भएको क्यानले जनाएको छ ।