काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको व्यवसाय गरी छनौट भएका बागमती र मधेश प्रदेशका विभिन्न शाखा कार्यालयमा आवद्ध रही कार्य गर्ने अभिकर्ताहरुलाई एकदिने तालिम प्रदान गरेको छ ।
कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमअन्तर्गत छनौट भएका २८० जना अभिकर्ताहरुलाइ धुलिखेलमा चर्चित प्रशिक्षक काजिम रजाले प्रशिक्षण प्रदान गरेका थिए । उनले विभिन्न उदाहरण प्रस्तुत गर्दै एमडिआरटीको लक्ष्य हासिल गर्ने उपायको बारेमा प्रशिक्षण दिएका थिए ।
कम्पनीका उप–प्रमुख कार्यकरी अधिकृत कँडेलले कम्पनीमा आबद्ध अभिकर्ताहरुलाई आफूले आत्मसात गरेको अभिकर्ता पेशालाई व्यावसायिक बनाउने उदेश्यले कम्पनीले विभिन्न अभिकर्तामैत्री मासिक तथा वार्षिक योजना जारी गर्दै आइरहेको र यसै सन्दर्भमा अभिकर्ताहरुलाई उत्कृष्ट प्रशिक्षण दिने गरी प्रेरणा, प्रगति र पेशागत उत्कृष्टताको नाराका साथ मासिक योजना मन्थन जारी गरिएको बताए । यो योजनामा देशैभरबाट ७०० भन्दा बढी अभिकर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको बताए । साथै, उनले शाखास्तरीय प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले यस प्रकारको तालिमबाट अभिकर्ताहरूले आफ्नो पेशामा उत्कृष्टता हासिल गरी प्रतिस्पर्धात्मक बजारमा आफूलाइ अब्बल सावित गर्नसक्ने बताए । कार्यक्रममा साहभागी अभिकर्ताहरुले यस्ता उत्कृष्ट तालिमबाट आगामी दिनमा बीमा व्यवसायमा अझ प्रगति गर्ने प्रेरणा मिलेको बताएका थिए भने सम्मानित हुने अभिकर्ताहरुले सम्मान प्राप्त गर्दा आफ्नो मिहिनेतको फल प्राप्त भएको र आगामी दिनमा अझ मिहेनतका साथ आफ्नो पेशालाई अगाडि बढाउने बताएका थिए ।















प्रतिक्रिया