३० आश्विन २०८३, शुक्रबार

देशका विरुद्ध हुने कुनै पनि समर्पण अस्विकार्य : अध्यक्ष ओली

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका विरुद्ध हुने कुनै पनि समर्पण अस्विकार्य हुने बताएका छन् ।

आगामी निर्वाचनमा घोषणा पत्र तयारीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा विज्ञहरुसँग सुझाव लिने क्रममा अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । उनले राष्ट्रियता,सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा समपर्णबाट हुन नसक्ने भन्दै त्यसको प्रतिरोध, प्रतिवाद र प्रतिरक्षा हुने बताए ।

अध्यक्ष ओलीले सरकारले हालसम्म पनि निर्वाचनको वातावरण बनाउन नसकेको उल्लेख गरे । ‘पार्टीले हाल राज्यले गरेका गतिविधि नजिकबाट नियाली रहेको छ ’ अध्यक्ष ओलीलाई उधृत गर्दै प्रचार तथा प्रकाशन संयोजक मीनबहादुर शाहीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘सरकारले आजका दिनसम्म पनि निर्वाचन निष्पक्ष,स्वतन्त्र र धाँधली रहित ढंगले गर्ने वातावरण बनाउन सकेको छैन । ’

अध्यक्ष ओलीले २०७२ को भूकम्पपछि एमालेले पुननिर्माणको नेतृत्व गरेको स्मरण गराउँदै सुदृढ र तल्लो निकायसम्म संगठन भएकोले भदौको विध्वंसपछिको निर्माण पनि एमालेले गर्ने बताए ।

‘नेकपा एमाले सुदृढ संगठन,व्यापक जनमत र सर्वाधिक लोकप्रिय पार्टीका रुपमा स्थापित रहेको छ । भूकम्पले पुर्याएको क्षतिको पुननिर्माण उदाहरणीय रुपमा सफल पारेको एमालले’ शाहीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘गत भदौको विध्वसंले राष्ट्रियता,लोकतन्त्र र संविधानमा पुर्याएको क्षतिको पुननिर्माण ’क्षतिको पुननिर्माण,राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न उच्च मनोबलका साथ प्रदान गर्नेछ । ’