काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने खुट्टामा चोट लागेपछि संक्रमण बढेर सेलुलाइटिस भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्।
जनकपुरमा कार्यक्रमपछि देब्रे खुट्टामा चोट लागेको थियो तर व्यस्तताका कारण नियमित औषधि नखाँदा घाउ सुन्निने, रातो हुने र दुख्ने समस्या बढ्दै गएको थियो।
अस्पतालमा परीक्षण गर्दा छालामुनिको संक्रमण (सेलुलाइटिस) पुष्टि भएको हो। हाल उनलाई नसामार्फत एन्टिबायोटिक दिइँदैछ र स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन्। सुधार देखिए केही दिनमै डिस्चार्ज गर्ने तयारी छ।
के हो सेलुलाइटिस ?
यो छालामुनि फैलिने ब्याक्टेरियल संक्रमण हो जसले प्रभावित भाग रातो, सुन्निएको र दुख्ने बनाउँछ। समयमै उपचार नगरेमा संक्रमण गहिरो हुँदै पिप जम्ने, शल्यक्रिया गर्नुपर्ने वा गम्भीर अवस्थामा रगतमा संक्रमण (सेप्सिस) समेत हुन सक्छ।
चिकित्सकका अनुसार समयमै एन्टिबायोटिक उपचार पाएमा यो रोग निको हुन्छ, तर लापरबाही गरेमा जटिल बन्न सक्छ।











प्रतिक्रिया