२९ आश्विन २०८३, बिहिबार

अलराउन्डर वरीयता सुधारसहित छैटौँ स्थान उक्लिए दीपेन्द्र

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार आएको छ ।

बुधबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले टी–२० तर्फ अद्यावधिक गरेको पुरुष खेलाडीको वरीयतामा ऐरी आठौँ स्थानबाट छैटौँ स्थानमा बढुवा भएका हुन् ।

वरीयतामा जिम्बाब्वेका कप्तान सिकन्दर राजाले शीर्ष स्थानमा आफूलाई कायम राखेका छन् । त्यसैगरी, दोस्रो स्थानमा रहेका पाकिस्तानका अलराउन्डर सैम अयुवले पनि आफ्नो वरीयता यथावत् राखेका छन् ।

भारतका हार्दिक पान्ड्याको वरीयता एक स्थान सुधार हुँदा तेस्रो स्थानमा छन् । तेस्रो वरीयताबाट एक स्थान घटुवा भएका वेस्ट इन्डिजका रोस्टन चेज चौथो स्थानमा छन् । पाकिस्तानका मोहम्मद नवाज पाँचौँ वरीयतामा यथावत् छन् ।