३० आश्विन २०८३, शुक्रबार

गाईको मासु पनि खान पाउनुपर्छ भन्ने अभिव्यक्तिले निर्वाचनलाई विथोल्न सक्छ : राजेन्द्र लिङ्देन

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय जनावर गाईको मासु पनि खान पाउनुपर्छ भन्ने अभिव्यक्ति निर्वाचन आचारसंहिताको उल्लङ्घन, बहुसंख्यक जनताको आस्थामाथिको प्रहार भएको बताएका छन् । बुधबार बिहान सामाजिक सञ्जालमा लेख्दै लिङ्देनले यस्तो बताएका हुन् ।

अध्यक्ष लिङ्देनले यस्ता अभिव्यक्तिले सामाजिक सद्भाव र निर्वाचनलाई विथोल्न मद्दत पुर्‍याउने उल्लेख गरे ।

“अरु जनवार जस्तै राष्ट्रिय जनावर गाईको मासु पनि खान पाउनुपर्छ भन्ने अभिव्यक्ति निर्वाचन आचारसंहिताको उल्लङ्घन, बहुसंख्यक जनताको आस्था माथिको प्रहार हो । यस्ता अभिव्यक्तिले सामाजिक सद्भाव र निर्वाचनलाई विथोल्न मद्धत पुर्‍याउँछ ।” लिङ्देनले फेसबुकमा लेखेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार खगेन्द्र सुनारले राष्ट्रिय जनावर गाईलाई पनि काटेर खान पाउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए ।

सुनारले एक अन्तवार्ताका क्रममा भनेका थिए, ‘मटन खाने कुरा ठिक हो भने गाई खान किन नपाउने ? गाई राष्ट्रिय जनावर हो भने गोरु किन राष्ट्रिय जनावर नहुने ? गोरुले के अपराध गरेको छ राष्ट्रिय जनावर नबनाउनलाई ? कुखुरा पनि राष्ट्रिय पंक्षी होला ।’