१२ श्रावण २०८३, मंगलबार

मलंगवामा दादुराको प्रकोप : २३ शंकास्पद ‘केस’, सातजनामा पुष्टि

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्लाहीको मलंगवा नगरपालिका–३ र ४ मा दादुरा संक्रमण देखिएको छ । हालसम्म कुल २३ शंकास्पद ‘केस’ भेटिएको छ । त्यसमध्ये प्रयोगशालाबाट सातजनामा दादुरा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एक महिनादेखि १४ वर्षसम्मका बालबालिकामा दादुरा देखिएको छ । संक्रमण नियन्त्रणका निम्ति चेतनामूलकसहित विभिन्न अभियान अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

“प्रभावित क्षेत्रमा ६ महिना–१४ वर्ष उमेरका बालबालिकालाई खोप लगाउने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ,” मन्त्रालयअन्तर्गतको राष्ट्रिय खोप कार्यक्रमको सूचनामा उल्लेख छ ।