निर्देशक राजु गिरी नेपाली चलचित्र क्षेत्रमा हिरो बन्न आएका थिए । विस २०४९ सालमा पोखराबाट एउटा सफल नायक बन्ने उद्देश्यका साथ उनी काठमाडौ छिरेका थिए । उनले शुरुका दिनमा चलचित्रमा हिरो बन्न निकै संघर्ष पनि गरेँ । उनि विभिन्न चलचित्रमा अभिनय पनि गरे तर अभिनयमा उनलाई त्यति सन्तोष मिलेन । पछि चलचित्र ‘दिलमाया’ आफैले निर्माण गरे चलचित्रको निर्देशन पनि आफैले गरे । उनको पहिलो चलचित्र नै सफल भयो । त्यसपछि उनी अभिनयमा भन्दा पनि निर्देशनमा जम्न थाले । हाल उनी चलचित्र ‘विन्दास ३’ र ‘मखमली’को काममा व्यस्त छन । उनीसंग दैनिक नेपालले गरेको अन्तरंग कुराकानी :
के मा व्यस्त हुनुहुन्छ आजभोली ?
म अहिले चलचित्र ‘मखमली’को काम सकेर ‘विन्दास –३’ को सम्पादनमा व्यस्त रहेको छु । त्यो साथसाथै नयाँ चलचित्र ‘डिल्लीराम’ र ‘हिटलर’को स्किृप्ट हेर्दै छु ।
‘विन्दास– ३ ’कस्तो खालको चलचित्र हो ?
‘विन्दास ३’ कमेडि लभस्टोरी चलचित्र हो । यो चलचित्रमा हल्का ग्लामर सिन पनि राखिएको छ । चलचित्रमा हुनुपर्नै सबै कुराहरु यसमा समावेश गरिएको छ ।
आम दर्शकमा राजु गिरी भन्ने वित्तिकै ग्लाल्मर निर्देशक भन्ने बुझाई छ । अथवा हजुरकाका चलचित्रमा ग्लामर सिन भएकै हुन्छ के चलचित्र चलाउनकै लागि ग्लामर सिन राख्नैपर्छ त ?
ग्लामर सिन भनेको चलचित्रको कथा अनुसार राखिने कुरा हो । यसअघिका मेरा चलचित्र ‘दिलमाया’ र ‘चन्द्रावती’ मा त त्यस्तो छैन नि ? यस्तो चलचित्रको निर्देशन एउटा हिम्मत हुने निर्देशकले मात्र गर्न सक्छ । ग्लामर चलचित्र बनाउनका लागि त्यसको कथामा डुब्न सक्नुपर्छ ।
तपाई चलचित्र क्षेत्रमा कसरी प्रवेश गर्नुभयो त्यो बताईदिनुहोस न ?

म २०४९ सालमा चलचित्रमा हिरो बन्नका लागि काठमाडौ आएको थिए । म सुरुमा चलचित्रमा अभिनय गर्न निकै संघर्ष गरेँ । सुरुमा चलचित्रमा खेल्नका लागि संघर्ष गर्दा गर्दा मैले २० लाख बढी खर्च गरेँ । थुप्रै चलचित्रमा अभिनय पनि गरेँ । पछि चलचित्र दिलमाया निर्माण गरेँ उक्त चलचित्र राम्रो चल्यो । चलचित्रको निर्देशन पनि म आफै गरेको थिएँ । चलचित्र चलेपछि मलाई लाग्यो कि अब अभिनय संगै निर्देशनमा पनि लाग्नुपर्छ भन्ने । त्यसपछि एकपछि अर्को चलचित्र निर्देशन गर्दै गएँ र आज यो स्थानसम्म आएको छु ।
त्यसो भए यो स्थानसम्म आउन निकै संघर्ष गर्नुभयो ?
धेरै संघर्ष गरेँ । मैले चलचित्रमा स्थापित हुनकै लागि २० लाख बढी गुमाईसकेको थिए । सुरुमा परिवारको साथ भएपनि पछि परिवारबाट पनि साथ पाउँन छोडे । पछि सोँचेको पनि थिएँ कि पोखरा गएर केहि व्यापार गरु भनेर । म परिवारको एक्लो छोरो भएको कारणले पनि केहि गर्नुपर्छ भन्ने लाग्थ्यो । पछि हिम्मत नहारी दिलमाया चलचित्र निर्माण गरेँ र चलचित्र पनि सफल भयो । त्यसपछि निरन्तर रुपमै यस क्षेत्रमा लागिरहेँ र आज यो स्थानसम्म आउन सफल भएँ, अहिले एकदमै खुसी लाग्छ ।
नयाँ के गर्दै हुनुहुँन्छ ?
अहिले म चलचित्र ‘डिल्लीराम’ र ‘हिटलर’ को स्किृप्ट पढ्दै छु । केहि समय पछि ती चलचित्रको निर्देशन गदैछु । ति बाहेक चाँडै नै ‘दिलमाया २’ र ‘आर्य ’पनि निर्देशन गर्दै छु ।
अन्त्यमा के भन्न चाहानुहुँन्छ ?
मेरो चलचित्र ‘बिन्दास ३ ’एउटा सन्देश साथै मनोरञ्जनात्मक चलचित्र हो । एउटा कथालाई न्याय दिनका लागि मात्र बेड सिन युज भएको हो । मेरा विगतका चलचित्रमा जस्तै विन्दास ३ लाई पनि माया गरिदिनुहोला । हजुरहरुको गालिपनि हाम्रा लागि मार्गदर्शन हो । हजुरहरुको माया विना हामीहरु सफल हुन सक्दैनौँ । विन्दास ३ पनि राम्रो चलचित्र बनको छ । सबै कलाकारहरुले यसमा निकै मेहनतका साथ काम गर्नुभएको छ । आउँदो कार्तिक ३० गते यो ‘बिन्दास ३’ चलचित्र लाग्दै छ । सबैले हेरिदिनुहोला, माया गरिदिनुहोला ।
प्रस्तुतीः सुशिल नेपाल















प्रतिक्रिया