२९ आश्विन २०८३, बिहिबार

स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप छनोटको लिग चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डसँग खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ रोजेको छ ।

समूहको तेस्रो स्थानमा रहेर सुपर सिक्समा पुग्नका लागि यो खेलमा नेपालले फराकिलो जित हासिल गरेर मात्र पुग्ने छैन अर्को खेलमा नेदरल्यान्ड्सले थाइल्याण्डमाथिसमेत जित निकाल्नु पर्नेछ ।

नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो ।

यस्तै, तेस्रो खेलमा भने नेपालले टेस्ट राष्ट्र जिम्बावेलाई हरायो । १० वटा टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ ।