नयाँ दिल्ली, १८ साउन । भारतको पश्चिम बङ्गलामा भारी बर्षापछिको बाढी र पहिरोमा परी कम्तीमा १०० व्यक्तिको मृत्यु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
गुजरात, राजस्थान, पश्चिम बङ्गलालगायत यसकै छिमेकमा पर्ने राज्य ओडिसामा गरी बाढी पहिरोबाट ८० लाख भन्दा बढी व्यक्ति प्रभावित भएको जनाइएको छ । गत दुई दिनयता यस प्रकोपबाट पश्चिम बङ्गालमा ४८, राजस्थानमा २८ र ओडिसामा पाँच व्यक्तिको मृत्यु भएको भारतीय गृह मन्त्रालयले जानकारी दिएको छ ।
उत्तरपश्चिमी राज्य मणीपुरमा गत हप्ता भारी बर्षापछिको पहिरोमा २० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाइएको छ । सो बाढी र पहिरोमा परी अलपत्र परेका व्यक्तिहरुलाई स्थानीय सरकारले उद्धार गरी अस्थायी शरणार्थी स्थलमा लगिएको जनाइएको छ ।
















प्रतिक्रिया