काठमाडौं । काठमाडौँमा जारी आईसीसी महिला विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले जितका लागि नेदरल्यान्ड्सबाट १ सय ४१ रनको बलियो लक्ष्य पाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४० रनको योगफल तयार पारेको हो ।
बबेटे डे लिडेले सर्वाधिक ४९ रन बनाउँदा रुबिना क्षेत्रीको बलमा कट एन्ड बोल्ड भइन् । स्टेरे कालिसले ३० रन बनाउँदा रिया शर्माको बलमा बोल्ड आउट भइन् ।
नेपालले दोस्रो ओभरमा नै नेदरल्यान्डस्को दुई विकेट लिँदै दबाबमा राखेको छ । पहिलो ओभरमो चौथो बलमा ओपनर पेभे मोल्केबोइर शून्य रनमा नै सुमन विष्टको बलमा सम्झना खड्काको हातबाट क्याच आउट हुन पुगिन् ।
दोस्रो ओभरको तेस्रो बलमा अर्की ओपनर हेइदर साइजर्स १३ बलमा पूजा महतोको बलमा रुबिना क्षेत्रीको हातबाट क्याच आउट भइन् । नेपालका लागि रुबिना क्षेत्रीले २ विकेट लिइन् । सुमन विष्ट, पूजा महतो र रिया शर्माले समान एक विकेट लिए । नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।















प्रतिक्रिया