११ कार्तिक २०८३, बुधबार

कमल थापाले विशालनगरमा खोले निर्वाचन समन्वय कार्यालय

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं–५ का राप्रपाका उम्मेदवार कमल थापाले निर्वाचन समन्वय कार्यालय खोलेका छन् ।

आजबाट काठमाडौंको विशालनगरमा निर्वाचन समन्वय कार्यालय सञ्चालनमा आएको उनको सचिवालयले जनाएको छ ।

कार्यालयको शुभारम्भ राप्रपा काठमाडौं–५ का क्षेत्रीय अध्यक्ष नवीन खड्काले गरेका थिए ।

आजैदेखि उम्मेदवार थापाले समन्वय कार्यालयबाट चुनावी अभियानका काम सुरु गरेका छन् । चुनावी सम्पर्क कार्यालय भने वडा तहसम्मै खुल्ने राप्रपा–५ चुनावी समन्वय कार्यालयले जनाएको छ ।