११ कार्तिक २०८३, बुधबार

पूर्वराजा ज्ञानेन्द्र र कोमल जनकपुर जाँदै

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह जनकपुर जाने भएका छन् । संवाद सचिवालयका फणिराज पाठकले बुधबार जारी गरेको सूचनामा पूर्वराजा र पूर्वरानी जनकपुरधाम जाने जानकारी गराइएको छ ।

‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मी देवी शाह यही माघ १२ गते जनकपुरधाम सवारी होईबक्सी जानकी मन्दिर दर्शन गरिबक्सने कार्यक्रम रहेको छ’, सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।

यसअघि गत आइतबार सम्पन्न राप्रपा धनुषाको पार्टी कार्यसमितिको बैठकले पूर्वराजा शाहको स्वागत तथा व्यवस्थापनका लागि विभिन्न निर्णयहरु गरेको थियो । बैठकले एक हजार एक सदस्यीय मूल समारोह स्वागत समिति गठन गरेको छ ।

राप्रपा धनुषाका जिल्ला अध्यक्ष रामचन्द्र यादवका अनुसार पूर्वराजाको आगमनलाई व्यवस्थित र भव्य बनाउन पार्टीले विभिन्न उपसमिति गठन गरी तयारी तीव्र बनाएको छ ।