२१ असार २०८३, आइतबार

एकैदिन सुनको मूल्य १० हजार ४०० रुपैयाँ बढ्यो, नयाँ रेकर्ड कायम

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधबार सुनको मूल्य तोलामा १० हजार ४ सय रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ तोकेको छ । मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ तोकिएको थियो ।

यसैगरी, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला ५ हजार ९ सय २० रुपैयाँ पुगेको छ ।