११ कार्तिक २०८३, बुधबार

दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा ३१ जना चुनावी मैदानमा

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उदयपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रमा गरी ३१ जनाको उम्मेदवारी दर्ता भएको छ ।

जिल्ला मुख्य निर्वाचन कार्यालय, गाईघाटका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा १८ जना र क्षेत्र नं. २ मा १३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन कार्यालयका अनुसार दुवै क्षेत्रमा एक–एक जना उम्मेदवारले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् भने बाँकी सबैले विभिन्न राजनीतिक दलको चुनाव चिन्हबाट उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १

क्षेत्र नं. १ मा उम्मेदवारी दिनेहरूमा नेपाल मजदुर किसान पार्टीबाट खड्गबहादुर खत्री, स्वतन्त्रबाट डा. देवराई राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुवासचन्द्र खड्का, नेपाल जनमुक्ति पार्टीबाट गोर्कण राई र आम जनता पार्टीबाट मनोजकुमार पौडेल रहनु भएको छ ।

यसैगरी, नेकपा (एमाले)बाट दुर्गाकुमार थापा ‘स्वतिक’, श्रम संस्कृति पार्टीबाट राजेशकुमार राई, नागरिक सर्वोच्च पार्टीबाट प्रशान्तकुमार राई, नेपाली जनता दलबाट कुशोर चौधरी, जनता समाजवादी पार्टीबाट गणेशकुमार राई, नेपाली कम्युनिष्ट पार्टीबाट बलदेव चौधरी र नेपाली कांग्रेसबाट विदुर बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । अन्य उम्मेदवारहरूमा मङ्गोल अर्गनाइजेशन पार्टीबाट बद्रिविक्रम राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पारशमणि गेलाल, नेकपा (माओवादी) बाट अमृतबहादुर खत्री, संयुक्त नागरिक पार्टीबाट सुरेश राई, राष्ट्रिय जनमोर्चाबाट तिलक राई तथा उज्यालो नेपाल पार्टीबाट अर्जुन घिसिङ रहेका छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २

क्षेत्र नं. २ को निर्वाचन कार्यालयका सूचना अधिकारी नारायण थापाका अनुसार यस क्षेत्रमा नेपाल मजदुर किसान पार्टीबाट पूर्णबहादुर बुढाथोकी, मङ्गोल नेशनल अर्गनाइजेसनबाट भाष्कर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विष्णुबहादुर खड्का, राष्ट्रिय परिवर्तन पार्टीबाट अरुण राई र आम जनता पार्टीबाट बमबहादुर मगरले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीबाट सुरेशकुमार राई, श्रम संस्कृति पार्टीबाट बलराज राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट दुर्गाबहादुर तामाङ, जनता समाजवादी पार्टीबाट केशवबहादुर मगर, नेपाली कांग्रेसबाट रामकुमार राई, नेकपा (एमाले)बाट अम्बरबहादुर रायमाझी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सूर्यबहादुर तामाङ तथा स्वतन्त्र उम्मेदवारका रूपमा मेजरकुमार राई चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

उदयपुरका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको बाक्लो उपस्थितिले यसपटकको प्रतिनिधिसभा निर्वाचन थप प्रतिस्पर्धात्मक र रोचक हुने देखिएको छ ।