३० आश्विन २०८३, शुक्रबार

मित्रता दिवसमा पाकिस्तानले छाड्यो भारतका १६४ माझी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इस्लामाबाद (पाकिस्तान), १७ साउन । भारत–पाकिस्तानबीच पछिल्लो केही सातादेखि सीमा क्षेत्रमा झडपका समाचार आइरहेका बेला पाकिस्तानद्वारा १६४ भन्दा बढी भारतीय माझीलाई रिहा गरेको छ ।

पाकिस्तानले एक ११ वर्षीय बालकसहित १६४ भारतीय नागरिकलाई कराँचीबाट रिहा गरेको हो । उनीहरुलाई पाकिस्तानी समुद्री इलाकामा प्रवेश गरेको आरोपमा केही समय अघिदेखि पक्राउ गरी हिरासतमा राखिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफबीच रुसको उफा सहरमा भएको कुराकानीमा पाकिस्तानी हिरासतमा रहेका माझीहरुलाई छोड्ने सहमति भएको थियो । तर रिहाइमा दुई देशको सीमा क्षेत्रमा गएको केही दिनदेखि भएको तनावका कारण केही ढिलाई हुन गएको हो ।

उक्त भेटमा भारतीय प्रधानमन्त्री तथा उहाँका पाकिस्तानी समकक्षीबीच काश्मिरस्थित सीमा क्षेत्रमा हुने गरेको तनाव कम गर्ने पनि सहमति भएको थियो ।

रिहाइपछि खुसी व्यक्त गर्दै भारतीय माझीहरुले पाकिस्तानी हिरासतमा यहाँको प्रशासनले आफूहरुलाई सम्मानसाथ राखेको राम्रो ब्यवहार गरेको जनाएका छन् । रासस/सिन्ह्वा