२९ आश्विन २०८३, बिहिबार

एमाले अध्यक्ष ओली र झापा गोल्डकपको टोलीबीच भेटघाट

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिर्तामोड । झापा गोल्डकपका अध्यक्ष केदार गिरीसहितको टोलीले नेकपा एमालेका अध्यक्ष एव्म पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भेटघाट गरेको छ ।

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा माघ २४ गतेदेखि हुन गइरहेको झापा गोल्ड कपको स्वर्गीय ‘बिनोद बस्नेत स्मृति’ सातौं संस्करण फुटबल प्रतियोगिताका सन्दर्भमा कुराकानी गर्न आज अध्यक्ष ओलीसँग भेटघाट गरिएको गोल्डकपका अध्यक्ष गिरीले जानकारी दिए ।

‘उहाँ झापाबासी, पूर्व प्रधानमन्त्री भएकाले प्रतियोगिता सफल बनाउन उहाँको सहयोग आवश्यक छ, अध्यक्ष गिरीले भने, ‘प्रतियोगिताको तयारीका बारेमा कुराकानी गरेर फर्किएका छौं ।’

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्न झापा गोल्डकपका अध्यक्ष गिरी, पूर्वमन्त्री अग्नि खरेल, बरिष्ठ उपाध्यक्ष गजेन्द्र पौडेल, कार्यसमिति सदस्य मदन खड्का, राजु घिमिरे लगायतको टोली गुण्डु पुगेको थियो ।