१ कार्तिक २०८३, शनिबार

धनगढीमा आजदेखि टाटाको ‘माघी एक्सचेन्ज उत्सव’

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित गरी आजदेखि धनगढीमा तीन दिने ‘माघी एक्सचेन्ज उत्सव’ सुरु गर्दैछ ।

आज माघ १ गतेदेखि ३ गतेसम्म धनगढीस्थित जीएआरएस ट्रेडिङमा सञ्चालन हुने एक्सचेन्ज उत्सवमा टाटाका टियागो ईभी, कर्भ ईभी, नेक्सन के३ ईभी र पञ्च ईभी लगायतका अत्याधुनिक मोडलहरू प्रदर्शन र परीक्षणका लागि राखिएका छन् ।

पर्वको अवसरमा पुरानो गाडी साटेर नयाँ सवारी चढ्न चाहने ग्राहकका लागि यो उत्सव विशेष मौका बन्ने कम्पनीले जनाएको छ । उत्सवमा सहभागी हुने ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, निःशुल्क चार्जिङ बक्स (जडानसहित) एवं निःशुल्क एभीटीसहित हरेक बुकिङमा आकर्षक उपहार पनि पाउने कम्पनीले जनाएको छ । यस अभियानले ग्राहकलाई आधुनिक प्रविधियुक्त र किफायती सवारी साधन छनोट गर्न सहज बनाउने कम्पनीको विश्वास छ ।

ग्राहकहरुले धनगढीको बोराडाडीस्थित जीएआरएस ट्रेडिङमा गएर टाटा मोटर्सले नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने छन् ।