१ कार्तिक २०८३, शनिबार

प्रभु बैंकको २४ औं वार्षिक साधारणसभा सम्पन्न

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रभु बैंक लिमिटेडको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार बिहान ११ बजे बोलाइएको सभाले विभिन्न निर्णयहरु पारित गरेको हो ।

बैंकको सञ्चालक समितिका अध्यक्ष किशोरजङ्ग कार्कीको अध्यक्षतामा बबरमहलस्थित प्रधान कार्यालयमा बसेको बैंकको २४ औं वार्षिक साधारणसभाले सञ्चालक समितिको प्रतिवेदनसहित गत आ.व. ०८१/०८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ । सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल र प्रभु स्टक मार्केटको गत आ.व. २०८१/०८२ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ । वार्षिक साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सबै प्रस्तावहरु सर्वसम्मत्बाट पारित भएका छन् ।

प्रभु बैंकले देशभर ६८ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, २६९ वटा एटिएम तथा ३१२ वटा शाखा कार्यालयहरुसहित देशभर फैलिएको आफ्नो बैंकिङ सञ्जालको माध्यमबाट ३७ लाखभन्दा बढी ग्राहकहरुलाई प्रत्यक्ष अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।