१ कार्तिक २०८३, शनिबार

लुम्बिनी विकास बैंकको १८ औं वार्षिक साधारणसभा सम्पन्न

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले बुधबार १८ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारण सभाले आ.व. २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरी आ.व. २०८२/८३ को लागि लेखा परीक्षकको नियुक्ति लगायतका प्रस्ताव पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न १८ औं वार्षिक साधारण सभामा आ.व. २०८२/८३ को वार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष भट्टराई र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारेका थिए ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको विभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ ।

लुम्बिनी विकास बैंकले ‘निरन्तर सहयात्रा’भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।