१ कार्तिक २०८३, शनिबार

कटुवा पेस्तोल देखाएर फरवार्ड माइक्रोफाइनान्सका कर्मचारीमाथि लुटपाट

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आइतबार फरवार्ड माइक्रोफाइनान्स लघुवित्तका कर्मचारीमाथि लुटपाटको घटना भएको छ । संस्थाको शाखा कार्यालय ईश्वरपुर, सर्लाहीमा कार्यरत कर्मचारी पुजा सरदार र शान्ति सरदारमाथि मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले कटुवा पेस्तोल देखाई उनीहरुको साथबाट नगद लुटपाट गरी भागेको संस्थाले जनाएको छ ।

दुई कर्मचारी लालबन्दी नगरपालिका वडा नं. ३, जब्धीमा नियमित बस्ने केन्द्र बैठक सञ्चालन गरी कार्यालयतर्फ फर्किने क्रममा हरिपुर जाने सडकको पोखरीटोल सडकखण्डमा घटना भएको संस्थाले बताएको हो । घटनामा केन्द्र बैठकमा संकलित १ लाख ८४ हजार ७०५ रुपैयाँ नगदसहित उनीहरुको साथमा रहेको कार्यालय प्रयोजनका कागजातसहितकोे झोला लुटेर पूर्वदिशातर्फ फरार भएको बुझिएको छ । घटनाका सम्बन्धमा तत्कालै इलाका प्रहरी कार्यालय बयलबासमा जानकारी दिई खोजतलास भएको र भोलिपल्ट लिखित उजुरी दिएको संस्थाले जानकारी दिएको हो ।

प्रहरी प्रशासनले घटनाको विषयमा पीडित कर्मचारी, शाखाका कर्मचारी र स्थानीयहरुसँग सोधपुछ गरी जानकारी लिएको र घटना भएको बाटोमा रहेका सीसी क्यामेराहरुको चेकजाँच गर्नुका साथै शंकास्पद व्यक्तिहरुको निगरानी भइरहेको जानकारीे दिएको छ ।