काठमाडौं । कृषि विकास बैंकको ५९ औं वार्षिकउत्सवको अवसरमा कृषि विकास बैंक कर्मचारी संघ नेपाल मुख्य कार्यालय समितिले शुक्रबार मुख्य कार्यालयमा रक्तदान कार्याक्रम सम्पन्न गरेको छ । साथै, कृषि विकास बैक कर्मचारी संघका अन्य प्रदेश समितिहरुले समेत माघ महिना भित्र देशभरनै रक्तदान गर्ने कार्याक्रम आयोजना संघले जनाएको छ ।
रगतको अभावमा हुने मानव जीवनको क्षतीलाई न्युनिकरण गर्नु र समाजमा सेवा भाव फैलाउने उदेश्यसहित सम्पन्न रक्तदान कार्यक्रममा १२१ युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटिको सहयोगमा संकलित रगत देशभरका अस्पताल र बिरामीहरुको रगत अभाव पूरा गर्न सहयोग गर्नेछ ।
मुख्य कार्यालय समितिका अध्यक्ष सुरेशकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बैंक, बीमा तथा वित्तिय सस्था कर्मचारी संघ नेपाल (विफु नेपाल)का अध्यक्ष धर्मराज मैनालीको प्रमुख आथित्य तथा कृषि विकास बैंक कर्मचारी संघको अध्यक्ष छगेन्द्र आचार्य तथा कृषि विकास बैंकका प्रमुख कार्याकारी अधिकृत, उपमहाप्रबन्धक, विभागीय प्रमुख, शाखा प्रमुखसहित कर्मचारी ग्राहक तथा शुभचिन्तकहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।
कार्याक्रमको उद्घाटन गर्दै बैंक, बीमा तथा वित्तिय सस्था कर्मचारी संघ नेपाल (विफु नेपाल)का अध्यक्ष धर्मराज मैनालीले रक्तदान जस्तो मानवीय कार्यमा सवैको सहभागीतालाई उच्च प्रशंसा गर्दै बैंक र कर्मचारी संघले आगामी दिनमा पनि यस्ता सामाजिक अभियानहरुलाई निरन्तरता दिन आग्रह गरे ।
मुख्य कार्यालय समितिका सचिव सन्दिप रेग्मीले कार्याक्रम सञ्चालन गरेको कार्यक्रममा मन्तव्य व्यक्त गर्दै कर्मचारी संघ नेपालका अध्यक्ष छगेन्द्र आचार्यले संघको यस कार्यक्रमले अस्पतालको बेडमा रगत अभावमा छटपटाइरहेका बिरामीलाई राहत हुने बताउँदै ट्रेड युनियनले सञ्चालन गर्ने सामाजिक कार्यले समाज बैंक ट्रेड युनियनको गरिमा वृद्धि गरेको उल्लेख गरे ।
कृषि विकास बैंक कर्मचारी संघ नेपालका मुख्य कार्यालय समिति अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष क्षेत्रीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण रक्तदाता, कर्मचारी र व्यवस्थापकलाई धन्यवाद दिए ।















प्रतिक्रिया