१ कार्तिक २०८३, शनिबार

होटल गरिमाले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इटहरीस्थित पाँचतारे स्तरको होटेल सोल्टी वेस्टेन्डको स्वामित्व रहेको कम्पनी होटल गरिमा लिमिटेडले सर्वसाधारणका आईपीओ जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ४०,००,००० कित्ताले हुन आउने ४०,००,००,००० रुपैयाँ रकम बराबरको साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

शेयर निष्काशनका लागि होटल गरिमाको तर्फबाट प्रबन्ध सञ्चालक विनोद पौडेल तथा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठका बीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर गरी निकट भविष्यमा साधारण शेयर निष्काशन गर्ने सम्झौता भएको कम्पनीले जनाएको छ ।

सोल्टी होटल एण्ड रिसोट समूहबाट व्यवस्थापन गरिएको यस होटलमा एउटा रोयल सुइट, आठ वटा सुइट, आठ वटा एक्जेक्युटिभ रुम, ५८ वटा डिलक्स रुम छन् भने ७ वटा स्टुडियो रुम छन् । होटलमा दुई व्यांकेट, तीन वटा सेमिनार हल, नुवाड थाई ब्रान्डबाट व्यवस्थापन गरिएको स्पा, जिम तथा रेष्टुरेण्ट क्याफे लाउन्ज लगायत विभिन्न सुविधा छन् ।